राज्यले बिर्सिएको नाथु र प्रल्हादलाई सम्झिदै गुरुङ समुदाय

पाेखरा | बैशाख ४, २०८०

राज्यले बिर्सिएको नाथु र प्रल्हादलाई सम्झिदै गुरुङ समुदाय

पोखरा:   राज्यले बिर्सिएको सुब्बा नाथु गुरुङ र प्रल्हाद गुरुङलाई गुरुङ समुदायले सम्झिएको छ । 


सुब्बा नाथ प्रल्हाद प्रतिष्ठान कास्कीले नेपाल र अंग्रजबीचको राजगढको युद्धमा दुईसय वर्ष अगाडि वीरगति प्राप्त गरेका कास्कीका सुब्बा नाथु गुरुङ र सुब्बा प्रल्हाद गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गर्दै स्मृति दिवस मनाउने भएको हो ।


प्रतिष्ठानले पोखरामा पत्रकार सम्मेलन गर्दै नेपाल र अंग्रेजबीचको युद्धमा विरगति प्राप्त गरेका भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गरेकाले सँगै लडेका सुब्बा नाथु प्रल्हादलाईसमेत राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको प्रतिष्ठानका अध्यक्ष धर्मध्वज गुरुङले बताए । 


‘तत्कालिन समयमा नेपाल एकीकरणमा सुब्बा नाथु गुरुङ र प्रल्हाद गुरुङले नेपाली सेनामा भर्ती भएर एकीकरणमा योगदान पु¥याएपनि राज्यले उचित सम्मान दिन सकेन, गुरुङले भने, ‘सँगै युद्धमा लडेका भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गर्ने तर नाथु प्रल्हादलाई किन नगर्ने रु’ उनले प्रश्न गरे । 

उनका अनुसार सुब्बा नाथु गुरुङ र प्रल्हाद गुरुङको १२ औं पुस्ता कास्कीको माछापुच्छ«े गाउँपालिका ५ रिभानमा स्थायी बसोवास गर्दै आएका छन्  । 


अंग्रेजसँगको लडाइमा वि।स १८८७ सालमा सुब्बा प्रल्हाद गुरुङले युद्धमा नै वीरगति प्राप्त गरे, भने युद्ध अन्त भएपछि गाउँ फर्केका सुब्बा नाथु गुरुङको  वि।स १८७९ पुस २९ गते मृत्यु भएको बताइएको छ । 


सुब्बा नाथु प्रल्हाद प्रतिष्ठान कास्कीले आगामी बैशाख ६ गते प्रा।डा जगमान गुरुङको प्रमुख आतिथ्यतामा माछापुच्छ«े गाउँपालिका २ मै स्मृति दिवस मनाउने प्रतिष्ठानले जनाएको छ ।

पोखरा ।    ओझेलमा परेको पातिखोला गुफाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ ।   पातिखोला गुफा संरक्षण समितिको...

थप पढ्नुहोस्

पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रु...

थप पढ्नुहोस्

पोखरा ।     गण्डकीका प्रदेश प्रमुख समक्ष मुस्लिम आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ ।   प्रदेश प्रमुख डिल्लीराज भट्टलाई आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आर्थिक वर्ष २०८१/०८२ को वार्...

थप पढ्नुहोस्